माओवादीभित्र क्षमताभन्दा चाकडी महँगो भयो : सुदन किराती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पार्टीभित्र क्षमता भन्दा बढी चाकडी हाबी भएको बताएका छन् । नेकपा माओवादी केन्द्र इलाम माङसेबुङ्ग गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘चिन्ता हाम्रो पार्टीमा एउटा रोग आयो । क्षमताभन्दा चाकडी महँगो भयो । चाकडीको मूल्य कति हो पत्ता लगाउन गाह्रो भयो । यो बेलैमा सच्याउन सके र विधि स्थापित गर्न सके अब माओवादीलाई ठुलो शक्ति बन्न कसैले रोक्न सक्दैन’, उनले भने ।
उनले प्रचण्ड नेतृत्व सरकार हुँदा देशको निम्ति धेरै नै काम खोजिए पनि सरकार बिचमै ढल्न पुगेको बताए । यस्तै वर्तमान केपी ओली नेतृत्व सरकार बनेपछि पहिलो दिनबाटै खराब मात्रै काम गर्दै आएको उनको दाबी थियो ।
‘भ्रष्टाचारी र अराजकतालाई खुलमखुला संरक्षण गर्ने काम वर्तमान सरकारबाट भएको छ’, उनले भने । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुरस्कार दिनुपर्ने भए पनि ओली सरकारले दण्ड दिन खोजेको किरातीले बताए ।
उनले एक ढंगले सिंहदरबारबाट गुण्डातन्त्र चलिरहेको र वर्तमान सरकारले लोकतन्त्रकै धज्जी उडाइरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण