ला लिगा : भ्यालेन्सिया, सेल्टा र डेपोर्टिभो विजयी
आइतबार, २५ फागुन २०८१, ०५ : ५९

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र ओसासुनाबीचको खेल रोकिंदा भ्यालेन्सिया, सेल्टा भिगो र डेपोर्टिभो अलाभेस विजयी भएका छन् । शनिबार राती सेल्टा भिगोले लेगानेसलाई २-१ ले हराउँदा डेपोर्टिभो अलाभेसले मियारियाललाई १-० ले पाखा लगायो ।
उता, भ्यालेन्सियाले रियाल भालाडोेलिडलाई २-१ ले पराजित गर्यो । ला लिगामा २७ औं चरणका खेल सुरु हुँदा एक खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ शीर्ष स्थानमा छ भने ५६ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा छ ।
यस्तै, ५४ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । उत्तरार्धमा आइपुग्दा लिग निकै रोमान्चक हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
-
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि
-
पेटका केही कुरा, तस्बिरहरू