ला लिगा : भ्यालेन्सिया, सेल्टा र डेपोर्टिभो विजयी
आइतबार, २५ फागुन २०८१, ०५ : ५९
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र ओसासुनाबीचको खेल रोकिंदा भ्यालेन्सिया, सेल्टा भिगो र डेपोर्टिभो अलाभेस विजयी भएका छन् । शनिबार राती सेल्टा भिगोले लेगानेसलाई २-१ ले हराउँदा डेपोर्टिभो अलाभेसले मियारियाललाई १-० ले पाखा लगायो ।
उता, भ्यालेन्सियाले रियाल भालाडोेलिडलाई २-१ ले पराजित गर्यो । ला लिगामा २७ औं चरणका खेल सुरु हुँदा एक खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ शीर्ष स्थानमा छ भने ५६ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा छ ।
यस्तै, ५४ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । उत्तरार्धमा आइपुग्दा लिग निकै रोमान्चक हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण