बिहेको भोलिपल्टै बेहुला बेहुली मृत फेला
नयाँ दिल्ली । भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको हो ।
बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए । बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिसहरू उनीहरूलाई उठाउन गएका थिए ।
तर ढोकाभित्रबाट लगाइएको थियो । त्यसपछि परिवारले ढोका फोरिदिए । भित्र हेर्दा दुवैको शव भेटियो । बिहे भएको एक दिन नबित्दै यस्तो घटना देख्दा परिवार त्रस्त भए । दुबैलाई अस्पताल लगिएकामा डाक्टरहरूले मृत्यु भइसकेको औपचारिक रूपमा बताए । यो सूचना पाउने बित्तिकै प्रहरी पनि अस्पतालमा पुगेको थियो । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।
दुवैको बिहे ७ मार्चमा भएको थियो । शनिवार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन् । आइतबार दुवैको रिसेप्सन थियो । घर परिवारले रिसेप्सनको तयारी गरिरहेका थिए । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको भएको बताइएको छ । अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन । दुवैको शव एउटै कोठामा पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण