‘प्याउली’ लिएर आइन् बालिका बान्तावा
काठमाडौँ । उपन्यासकार बालिका बान्तावाले पहिलो कृति ‘प्याउली’ बजारमा ल्याएकी छन् । आफू लेखक बन्ने रहरले यो उपन्यास नलेखेको बरु आफ्नो कथा भन्न मात्र लेखेको उनको भनाइ छ ।
‘मलाई थाहा छ, लेखक बन्नका लागि विराट अध्ययन, अभ्यास, साधना र ज्ञानको जरुरत पर्छ । तर, मसित लेखक बन्ने विशेष त्यस्तो केही क्षमता, योग्यता वा विज्ञता छैन’, उनले कृतिमा लेखेकी छन्, ‘छ भने यही एउटा टुटेको कथा । यसलाई पुस्तकको आकार दिँदै गर्दा मभित्रका ऐंठनहरू केही कम भएका अवश्य छन् । यो पुस्तक लेखिसकेपछि यस्तो लाग्यो, मनमा गाँठा परेर बसेका चोटहरू कुनै न कुनै माध्यमबाट बाहिर निकाल्नै पर्दो रहेछ । जसले मान्छेलाई बाँच्न सजिलो बनाउँदो रहेछ ।’
प्रकाशक कलरव धरानका अनुसार एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षको कथा हो ‘प्याउली’ । ‘यस उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली–ओरालीहरू छन् । सम्बन्धहरूले दिएका सास्ती, हैरानी र ऐंठनहरू छन् । प्रेम, वियोग र सुस्केराहरू छन् । अनि छन् पुरुष अहम्प्रतिका अचुक एवं निर्दयी प्रहार’, प्रकाशकको ठम्याइ छ ।
साहित्यकार उषा शेरचन, समालोचक बिन्दु शर्मा, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र लेखक बान्तावाले शनिबार काठमाडौँमा उक्त कृति लोकार्पण गरेका छन् । आख्यानकार शेरचनले ‘प्याउली’ एकदमै सफल रहेको बताइन् ।
कवि तथा समीक्षक शर्माले यो उपन्यास लेखकको जीवन–कथामा आधारित रहेको सुनाइन् । जीवन–कथात्मक उपन्यासमा आत्मकथा र आख्यानको भेद अति मसिनो हुने उनको भनाइ थियो ।
कवि तथा पत्रकार तुम्खेवाले यो किताब आफ्नो सिद्धान्तलाई एक ठाउँमा थन्क्याएर हृदयबाट पढ्नुपर्ने बताइन् ।
उपन्यासकार बान्तावाले आफूभित्र रहेका उकुसमुकुस पोख्ने माध्यम खोज्दा यो किताबको जन्म भएको सुनाइन् । पुस्तकमा आफैँ प्रमुख पात्र भएर आएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण