रचिनले तोडे केन विलियमसनको रेकर्ड
दुबई । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल भारत र न्युजिल्याण्डबिच खेलिँदैछ । यस खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गरेको थियो ।
न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्रले २९ बलमा ३७ रन बनाए। योसँगै उनी च्याम्पियन्स ट्रफीको एक संस्करणमा २५० रन बनाउने पहिलो न्युजिल्याण्ड ब्याट्सम्यान बने।
फाइनल सुरु हुनुभन्दा अगाडि, रचिनले तीन खेलमा २२६ रन बनाएका थिए। रचिनभन्दा अगाडि च्याम्पियन्स ट्रफीको एक संस्करणमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान पूर्व कप्तान केन विलियमसनको नाममा थियो। २०१७ को च्याम्पियन्स ट्रफी संस्करणको क्रममा, विलियमसनले टोलीकाका लागि तीन खेल खेले र एक शतक र दुई अर्धशतकको मद्दतले २४४ रन बनाएका थिए।
च्याम्पियन्स ट्रफीको एक संस्करणमा न्युजिल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडीहरू :
रचिन रवीन्द्र – २०२५ मा २६३ रन
केन विलियमसन – २०१७ मा २४४ रन
रोजर टुसे – २००० मा २०१ रन
वेस्ट इन्डिजका पूर्व ओपनर तथा कप्तान क्रिस गेलले च्याम्पियन्स ट्रफीको एक संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। गेलले सन् २००६ को च्याम्पियन्स ट्रफीमा आठ खेल खेलेका थिए । उनले तीन शतकको मद्दतले ४७४ रन बनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण