बाढीमा परेर १६ जनाको मृत्यु भएपछि अर्जेन्टिनामा राष्ट्रिय शोक
सोमबार, २६ फागुन २०८१, ११ : ०१
ब्यूनोस आयर्स । अर्जेन्टिनाले राष्ट्रिय शोक घोषणा गरेको छ । हालै गएको विनाशकारी बाढीमा परेर १६ जनाको मृत्यु भएपछि आइतबार अबेर रात तीन दिने राष्ट्रिय शोक घोषित गरिएको हो ।
बहिआर ब्लाङ्का क्षेत्र र आसपासमा वर्षभरिमा पर्ने झरी केही घण्टाभित्रै परेपछि शुक्रवार एक्कासि सो क्षेत्र आसपासका खोला र नदीमा बाढी आएको थियो । बाढीमा एक वर्ष र पाँच वर्षकी दुई बालिका बगाएको बताइएको छ ।
तीनका आमाको भने उद्धार गरिएको छ । बाढीका कारण ४० करोड डलर बराबरको पूर्वाधार क्षति भएको बहिया ब्लाङ्काका मेयर फेदेरिको सुसबेइलेसले भनेका छन् ।
१६ जनाको मृत्युको पुष्टि भएको बेपत्ता भइरहेकाहरूको खोजी कार्य जारी रहेकोले यो सङ्ख्या बढ्छ सक्ने एक्समा एउटा पोष्टमा सुसबेइलेसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण