बाढीमा परेर १६ जनाको मृत्यु भएपछि अर्जेन्टिनामा राष्ट्रिय शोक
सोमबार, २६ फागुन २०८१, ११ : ०१

ब्यूनोस आयर्स । अर्जेन्टिनाले राष्ट्रिय शोक घोषणा गरेको छ । हालै गएको विनाशकारी बाढीमा परेर १६ जनाको मृत्यु भएपछि आइतबार अबेर रात तीन दिने राष्ट्रिय शोक घोषित गरिएको हो ।
बहिआर ब्लाङ्का क्षेत्र र आसपासमा वर्षभरिमा पर्ने झरी केही घण्टाभित्रै परेपछि शुक्रवार एक्कासि सो क्षेत्र आसपासका खोला र नदीमा बाढी आएको थियो । बाढीमा एक वर्ष र पाँच वर्षकी दुई बालिका बगाएको बताइएको छ ।
तीनका आमाको भने उद्धार गरिएको छ । बाढीका कारण ४० करोड डलर बराबरको पूर्वाधार क्षति भएको बहिया ब्लाङ्काका मेयर फेदेरिको सुसबेइलेसले भनेका छन् ।
१६ जनाको मृत्युको पुष्टि भएको बेपत्ता भइरहेकाहरूको खोजी कार्य जारी रहेकोले यो सङ्ख्या बढ्छ सक्ने एक्समा एउटा पोष्टमा सुसबेइलेसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म