कहिले बन्ला प्रभासको हरर कमेडी ‘राजा साहेब’ ?
नयाँ दिल्ली । साहो, राधेश्याम र आदिपुरुष तीन मेगा बजेटका फिल्म फ्लप दिएपनि दक्षिण भारतीय अभिनेता प्रभासको करियर सलार पार्ट वान र कल्की २८९८ एडीले केही लयमा फर्काएको छ । यस वर्ष अभिनेताको फिल्म राजा साब रिलिज हुने भनिएको थियो । तर यतिबेला यो फिल्मले अनेकौं अड्चन र व्यवधानको सामना गरिरहेको छ ।
प्रभासले आफ्नो अभिनय करियरमा पहिलो पटक राजा साबमार्फत हरर कमेडीमा हात हाल्दैछन् । यस फिल्मलाई लिएर उनका फ्यानहरूमा धेरै उत्साह छ । मेकरहरूले अप्रिल १० मा फिल्म रिलिज गर्ने घोषणा गरेका थिए, तर फिल्म निर्माणसँग सम्बन्धित स्रोतहरूले यो मितिमा फिल्म रिलिज हुन नसक्ने बताएका छन् । फिल्मका तीन गीतहरू छायांकन गर्न बाँकी छ । यी गीत छायांकनका लागि निधि अग्रवाल र मालविका मोहननसँग समय छैन ।
राजा साबको मुख्य समस्या हिरोइनहरूको समयभन्दा पनि पैसासँग सम्बन्धित रहेको बताइएको छ । जानकारी अनुसार फिल्मको गत महिनाको शेड्यूल रद्द गरिएको छ । यसको कारण फिल्मसँग सम्बन्धित सबै प्राविधिकहरूलाई उनीहरूको बक्यौता भुक्तानी नगरिएको बताइएको छ । सम्पादन टेबलमा पुगेको फिल्मको फुटेज लगभग साढे तीन घण्टा लामो रहेको बताइएको छ । अर्को महिनामा रिलिज हुने अवधिसम्म फिल्म सम्पादन गर्नु ठुलो काम हो । फिल्मको लागि आवश्यक भिजुअल इफेक्टको काम पनि पैसाकै कारण अड्किएको छ ।
फिल्म अप्रिल १० मा रिलिज भएन भने यसलाई बनाउने कम्पनी, पिपल मिडिया फ्याक्ट्रीले यसलाई दशहरामा रिलिज गर्न खोजिरहेको छ । तर समस्या यो छ कि वर्षको दोस्रो अर्धवार्षिक अवधिमा दक्षिण भारतीय सिनेमाका धेरै ठूला फिल्महरू पहिले नै पूर्व–घोषित मितिहरूमा रिलिजको पर्खाइमा छन् । यस फिल्मको लागि प्रभासले जुन समय छुट्याएका थिए यसलाई उनले अर्को फिल्मको लागि प्रयोग गरेका छन् ।
प्रभास छिटै नै निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म स्पिरिटको छायांकन सुरु गर्नुपर्नेछ । एक पटक यो फिल्मको छायांकन सुरु भएपछि यस फिल्ममा प्रभासको लुक अन्य कुनै फिल्ममा काम लाग्ने छैनन् । कल्की २८९८ एडीको सिक्वेलको काम पनि सुरु भएको छ । फिल्म मेकरहरूले अहिलेसम्म कुनै नयाँ रिलिज मिति घोषणा नगरेकाले राजा साबको समस्या कहिले समाधान हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण