बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेकामा दवाडी सोमबार धरौटी बुझाएर रिहा भइसकेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौँ महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको थियो ।
यता, ठगी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भई ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोल बस्ने ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठ रहेका छन् ।
जिल्ला अदालत भक्तपुरबाट २०८० मंसिर २२ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर बागडोलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता