मञ्जुश्री ट्रेल रेस चैतमा
काठमाडौँ । मञ्जुश्री ट्रेल रेस (एमटिआर)को पाँचौँ संस्करणमा चैत १ देखि ३ गतेसम्म हुने भएको छ। आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् ।
रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन् ।
रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमी इभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।
मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मन्जुश्रीमा विजेता हुने खेलाडीहरु भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दाबेदारको रूपमा रहने गर्दछ । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।
मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछ । ३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन ।
मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चीनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको कथा छ । त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
-
मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण