अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आयोजित कार्यक्रममार्फत प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।
अनेरास्ववियुको शिक्षामा पहुँच र निरन्तरता, शिक्षाको गुणस्तर, परीक्षा प्रणालीको सुधार, शिक्षालाई रोजगारीसँग जोड्नेलगायत विषय आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।
शिक्षामा राज्यको लगानी वृद्धि गर्ने निःशुल्क शिक्षाका लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्ने प्रतिबद्धता अनेरास्ववियुले गरेको छ ।
त्यस्तै विश्वबजारको आवश्यकताअनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न समयसापेक्ष नयाँ विषयहरूलाई विश्वविद्यालयहरूमा शैक्षिक कार्यक्रमका रूपमा सुरु गर्न पहल गर्ने समेत अनेरास्ववियुले प्रतिबद्धता जनाएको छ ।
परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउन वर्तमान प्रणालीमा परिमार्जन गर्ने र परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा शैक्षिक क्यालेन्डर बनाई त्यसका आधारमा समयमै प्रकाशित गर्न पहल गर्ने समेत जनाएको छ ।
त्यस्तै परीक्षा प्रणालीअन्तर्गत फर्म भर्ने, प्रवेशपत्र लिने, शुल्क तिर्ने, प्रमाणपत्र तथा ट्रान्सक्रिप्ट लिने सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन पहल गर्ने समेत अनेरास्ववियुको प्रतिबद्धता छ ।
विश्वविद्यालयमा रोजगार समन्वय केन्द्र तथा करिअर सेन्टर स्थापना गरी जनशक्ति मागको अध्ययन अनुसन्धान गर्ने, उत्पादित जनशक्तिलाई विश्वविद्यालयको सहकार्यमा इम्प्लोइमेन्ट प्यालेसमेन्ट परियोजना सञ्चालन गर्न पहल गर्ने समेत जनाएको छ ।
प्रत्येक आंगिक क्याम्पसमा आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूलाई थप व्यवस्थित गर्ने समेत अनेरास्ववियुले प्रतिबद्धता जनाएको छ । बहालमा बस्ने विद्यार्थीहरूलाई विद्युत्मा २५ युनिटसम्म निःशुल्क प्रयोग गर्न पाउने छुटको व्यवस्था गर्न पहल गर्ने समेत जनाएको छ ।
त्यस्तै स्थानीय तहको सरकारसँग समन्वय गरी बहालमा बस्ने विद्यार्थीहरूलाई घरभाडा छुटको व्यवस्था मिलाउन पहल गर्नेसमेत छ ।
अनेरास्ववियुको आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न, लामो दूरीका यातायातमा अनिवार्य छुटको व्यवस्था मिलाउन पहल गर्ने समेत रहेको छ ।
त्यस्तै सडक सञ्जाल नजोडिएका विकल्पविहीन हवाई यात्रामा विद्यार्थीलाई छुटका लागि पहल गर्ने समेत प्रतिबद्धता छ ।
त्यस्तै विद्यार्थीहरूको स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने, प्रत्येक क्याम्पसहरूमा मनोवैज्ञानिक परामर्श केन्द्र स्थापनाका लागि पहल गर्ने समेत अनेरास्ववियुले प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण