आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
दाङ । मुलुकभर गाँजाको बहस चलिरहँदा दाङमा प्रहरीले २९ किलो बढी चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आलु बोकेको बोराभित्र लुकाएर ओसार–पसार गर्न लागिरहेको अवस्थामा २९ किलो ६९५ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका -१३ बाह्रकुने दहनजिकबाट चरेससहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आलु बोकेको बोराभित्र लुकाएर चरेस ओसारपसार गर्न लागेको अवस्थामा लागुऔषध चरेससहित तीन जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्व जिल्ला भुमे गाउँपालिका -२, खावाङ निवासी ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाउँ निवासी ५३ बर्षीय रुपधन घर्ती र सोही ठाउँ निवासी ६४ वर्षीय जुनबहादुर पुन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण