धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दुराजको आवश्यकताको चर्चा गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बत्ताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेको र नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताइ रहेप्रति उनले आपत्ति जनाएका हुन् ।
पोखरेल भन्छन्– 'उनीहरूको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकि भारतीय संविधानले त्यसो गर्न दिँदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?'
पोखरेलले ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरूलाई आफ्नो अधीनमा राखेको पनि स्मरण गराएका छन् । उनले थप भनेका छन्– 'ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरूलाई आफ्नो अधीनमा राखेका थिए । तिनीहरूमा अधिकांशमा राजा, नवाब र महाराजाहरू थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रूपमा मान्ने संस्कृति पनि थियो । सरदार वल्लवभाई पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासतहरूलाई अन्त्य गरेका थिए । कतिपयले अधीनस्थता अस्वीकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण