चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै
काठमाडौँ । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको असामयिक निधनको करिब पाँच वर्षपछि उनको उपचारमा संलग्न चिकित्सकहरुविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरुको लापरवाहीका कारण म्याराडोनाको असामयिक निधन भएको दाबीसहित मुद्दा दायर भएको थियो ।
विश्व फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक म्याराडोनाको सन् २०२० को नोभेम्बर २५ तारिखमा उपचारका क्रममा निधन भएको थियो । त्यतिबेला उनी केवल ६० वर्षका थिए ।
अन्तिम समयमा म्याराडोनाको उपचारमा संलग्न सातजना चिकित्सिक र रेखदेखमा संलग्न व्यक्तिविरुद्ध उपचारमा लापरवाही गरेको आरोपमा मुद्दा चलाउन लागिएको समाचारमा जनाइएको छ । अर्जेन्टिनाको ब्यूनस आयर्समा मंगलबारदेखि मुद्दाको कारवाही अगाडि बढाइँदै छ ।
उपचारमा संलग्न चिकित्सकहरुको लापरवाहीले म्याराडोनाको निधन भएको हो वा होइन भन्ने विषयमा न्यायालयमा वहस हुनेछ । आकस्मिक उपचारका क्रममा परिवारका सदस्यको उपस्थितिमा उनको शल्यक्रिया गरिएको थियो ।
मस्तिष्कमा रगत जमेकाले तत्कालै उनको शल्यक्रिया गर्नु परेको चिकित्सकले जनाएका थिए । शल्यक्रियाकै क्रममा उनलाई हृदयाघात भएको थियो । सोही कारणले उनको निधन भएको दाबी चिकित्सकहरुले गरेका थिए ।
नशालु पदार्थको अत्यधिक सेवन र अनावश्यक मोटोपनाका कारण उनको स्वास्थ्यमा पटक–पटक समस्या देखा पथ्र्यो । चिकित्सकहरुको लापरवाहीले म्याराडोनाको निधन भएको दाबी गरिँदै आएको छ । यस विषय छानबिन गर्न विभिन्न समयमा समितिहरु पनि गठन गरिएको थियो ।
त्यसैमध्येको एक छानबिन समितिले समयमै सहि उपचार पाएको भए म्याराडोनालाई बचाउन सकिने दाबी गरेको थियो । त्यसैले लामो समयको छलफलपछि म्याराडोनाको उपचारमा संलग्न चिकित्सक र उनको रेखदेखमा संलग्न व्यक्तिहरुविरुद्ध कानुनी कारवाही अगाडि बढाउने निर्णय लिइएको हो ।
म्याराडोनाको उपचारमा संलग्न चिकित्स, नर्स र सम्बन्धित क्षेत्रका विशेषज्ञ गरी सातजनाविरुद्ध कानुनी कारवाही अघि बढाइने समाचारमा जनाइएको छ । परिवारका सदस्यले मस्तिष्कको शल्यक्रियापछि पूर्णरुपमा स्वस्थ्य हुनुअघि नै म्याराडोनालाई अस्पतालबाट घर पठाइएको आरोप लगाएका छन् ।
घर फर्किएपछि पनि चिकित्सकहरुले म्याराडोनाको राम्ररी उपचार नगरेको आरोप परिवारका सदस्यले लगाएका छन् । म्याराडोनाको उपचारमा ‘चिकित्सा प्रोटोकल’ को राम्ररी पालना नगरिएको परिवारका सदस्यको आरोप छ ।
शल्यक्रियापछि म्याराडोनालाई अस्पतालबाट छिट्टै घर पठाइए पनि घरमा डिफिब्रिलेटर र अक्सिजन आपूर्तिको राम्रो प्रबन्ध नगरिएको दाबी परिवारका सदस्यको छ ।
म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरुले भने उनको निधन अप्रत्यासित रुपमा भएको दाबी गरेका छन् । चिकित्सकहरुमाथि लगाइएको आरोप प्रमाणित भएमा उनीहरुलाई २५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण