यूएसएआईडीका कर्मचारीलाई कसले दियो दस्ताबेज नष्ट गर्न आदेश ?
वासिङ्टन डीसी । अमेरिकी विदेश सहयोग नियोग यूएसएआईडीका अधिकारीहरूले मुख्यालय रहेको वासिङ्टन डीसी रोनल्ड रेगन भवनमा शेडर्स र बर्न ब्यागमा ठुलो मात्रामा वर्गीकृत दस्ताबेज नष्ट गर्न सुरु गरेको एउटा आन्तरिक इमेलले देखाएको भन्दै द गार्जियनले समाचार लेखेको छ ।
समाचार अनुसार यूएसएआईडीकी कार्यकारी सचिव एरिका वाई कार्रले पठाएको सो इमेलमा कर्मचारीलाई श्रेडिङ मेशिन र ‘गोप्य’ लेखिएको बर्न ब्यागमार्फत वर्गीकृत सुरक्षित र कर्मचारीका दस्ताबेज नष्ट गर्न आदेश दिइएको थियो । भ्याएसम्मका दस्ताबेज च्यात्न र नभ्याएमा दस्ताबेजलाई बर्न ब्यागमा हालेर राख्न इमेलमा भनिएको बताइएको थियो । मेलमा बर्न ब्यागलाई कसरी बन्द गर्ने र लेबल लगाउने भनेर सम्मका विस्तृत विवरण पनि दिइएको थियो ।
डोनाल्ड ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि यूएसएआईडीका अधिकांश कर्मचारीलाई बर्खास्त गरिएको थियो । खर्बपति व्यापारी तथा ट्रम्पको निकट मित्र एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डोज)ले स्वतन्त्र निकायलाई पुनर्संरचना गर्ने प्रयास गरिरहँदा यूएसएआईडी बन्दै गर्ने कदमको चर्को आलोचना भइरहेको समयमा दस्ताबेज नष्ट गर्न आदेश आएको थियो ।
यसको विरुद्धमा मंगलबार अमेरिकी सरकारी कर्मचारीसम्बद्ध कर्मचारी संगठनहरूले अदालतमा याचिका दायर गरेका थिए । यसमा कर्मचारीको रेकर्ड व्यापक मात्रामा नष्ट गर्ने आदेशको विरोध गरिएको थियो ।
यो कदमले संघीय अभिलेख राख्ने कानुनको उल्लङ्घन गर्ने र प्रमाण नष्ट गर्न सक्ने संगठनको भनाई छ । संगठनहरूले अदालतलाई यो आदेश रोक्न अनुरोध गरेका थिए । तर, ह्वाइट हाउसकी उप–प्रेस सचिव अन्ना केलीले यो समाचारलाई झुटो भनेकी छिन् ।
नष्ट गर्नुपर्ने कागजातहरू पुराना भएको र तीमध्ये धेरैजसो अन्य निकायका भएको उनको भनाइ थियो । मूल कागजातहरू अझै पनि सुरक्षित गोप्य कम्प्युटरमा भएको बताइएको छ ।
यूएसएआईडीको मुख्यालय रहेको भवन छिटै अमेरिकी भन्सार र सीमा सुरक्षाले ओगट्न सक्ने केलीको भनाइ छ । मुद्दा अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट इम्प्लोइज र अक्सफाम अमेरिकाले दायर गरेको हो । ट्रम्पले कांग्रेसद्वारा स्थापित एक स्वतन्त्र एजेन्सीलाई बन्द गर्ने प्रयास गरेको, यसका कर्मचारीहरूलाई बर्खास्त गरेको वा जबर्जस्ती बिदा दिएको अनि करारहरू रद्द गरेको आरोप मुद्दामा लगाइएको छ । अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले बुधबार बिहानसम्ममा वादी र प्रतिवादी दुवै पक्षलाई स्थितिको प्रतिवेदन बुझाउन आदेश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण