राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली उपयुक्त समाधान नभएको बताएका छन् ।
बुधवार काठमाडौँमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आयोजना गरेको नयाँ युगको कार्यभार ः वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले पपुलिजमको आधारमा कुनै पार्टी सत्तामा पुगेर गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदा ठुला समस्या देखिने गरेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका बारेमा गम्भीर भएर छलफल र बहस गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति एक मात्र समाधान हो भन्ने ढंगले बहस गर्यौँ भने हामी केही वर्षमा प्रणाली परिवर्तनमा समाधान गर्न जान्छौँ । त्यसका केही प्लस प्वाइन्ट पनि होलान् तर नेपाल जस्तो भूराजनीतिक अवस्थामा त्यो पनि पपुलिजमको त्यत्रो हावा चलिरहेको बेला एउटा पपुलिस्ट शक्ति गैरजिम्मेवार भएर नेतृत्वमा पुग्दा के हुँदो रहेछ भन्ने युक्रेनको ताजा तस्बिर हेरी रहेको अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समाधान हो भन्ने ढंगले बहसमा जाने कुरामा गम्भीर छलफल गर्नुपर्छ, त्यो नै समाधान हो भन्ने मलाई लाग्दैन ।’
उपमहासचिव ज्ञवालीले प्रणाली परिवर्तनबाट मात्रै समाधान खोज्ने र परिवर्तन गर्ने हो भने अर्को १० वर्षपछि अर्को प्रणालीमा जाऔँ भन्ने स्थिति हुने बताए । उनले भने, ‘संसदीय व्यवस्थाका हजार कमजोरीहरू छन् तर योसँग नियन्त्रण र सन्तुलनको एउटा बलियो हतियार छ । र त्यसैभित्र पनि भारतका कतिपय कुरामा हाम्रा सहमति छैनन् होला त्यहाँको राजनीतिक आर्थिक प्रणालीसँग तर संसदीय व्यवस्था भित्रै पनि लगातार एउटै पार्टीले तीन कार्यकाल जित्न सक्ने एउटै प्रधानमन्त्रीले तीन कार्यकाल चलाउन सक्ने स्थिति पनि बन्दो रहेछ । त्यस कारण स्थायित्वका निम्ति राष्ट्रपति प्रणाली नै एक मात्र समाधान हो भन्ने मलाई लाग्दैन । यसमा गम्भीर भएर छलफल गरौँ यद्यपि संविधानमा संशोधन र सुधार गर्ने ठाउँहरू छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण