मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश गरेको छ ।
आयोजक काँकडभिट्टाले सडनडेथमा ५–४ को गोल अन्तरले धरान एफसीलाई हराएको थियो । उपाधिका लागि काँकडभिट्टाले बिहीबार हुने चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबीचको अन्तिम सेमिफाइनलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३४औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट एक्लै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भएको थियो । खेलको ७२औँ मिनेटमा आयोजक काँकडभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । सडनडेथमा काँकडभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरेका थिए भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाएका थिए । टाइब्रेकरमा काँकडभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
गोलरक्षक विवस चौधरी खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ११ हजार पुरस्कार पाए । फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण