१० देशबाट भित्रियो ४० करोड बराबरको रङ
काठमाडौँ । रङहरूको पर्व हो, होली । यो पर्वमा आफन्तजन र साथीभाइबिच एकापसमा रङ दलेर खुसी साटासाट गरिन्छ ।
नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ ।
२०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त रङ आयात हुँदा ८ करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।
गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
- १० मुलुकबाट रङ आयात
चालु वर्षको माघ मसान्तसम्म १० मुलुकबाट रङ आयात भएको विभागको तथ्यांकले उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३७ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख ४६ हजार १७४ किलो रङ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
दोस्रोमा चीनबाट आयात भएको छ । चीनबाट १ करोड ७१ लाख ७६ हजार रुपैयाँको २४ हजार ५५१ किलो ग्राम रङ आयात भएको छ । रङ आयात हुने तेस्रो मुलुकमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट७३ लाख ६८ हजार रुपैयाँको १ हजार ७५० किलो रङ आयात भएको छ ।
कुन देशबाट कति आयो ?

- वार्षिक ६० करोडभन्दा बढीको आयात
नेपालमा यस्तो रङ होली मात्र नभएर तिहारमा पनि प्रयोग हुँदै आएको छ । साथै उक्त रङ अन्य प्रयोजनमा पनि उपयोग हुने गरेको छ ।
विभागको तथ्यांक हेर्ने हो भने वार्षिक रूपमा ठुलो परिमाणमा आयात भएको छ । यस्तो रङ वार्षिक ६० करोडभन्दा बढी मूल्यको आयात हुने गरेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ८३ लाख ७० हजार रुपैयाँको रङ आयात भएको छ । २०७९/८० मा ७२ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको रङ आयात भएको थियो । यसअनुसार २०७९/८० को तुलनामा २०८०/८१ मा ९ करोडले आयात घटेको देखिन्छ । २०७८/७९ मा ७७ करोड १० लाख १८ हजार रुपैयाँको आयात भएको छ ।
यसैगरी २०७७/७८ मा ७४ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको आयात भएकोछ भने २०७६/७७ मा ५९ करोड ५ लाख ५८ हजार रुपैयाँको रङ आयात भएको छ ।
कुन वर्ष कति आयो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण