१० देशबाट भित्रियो ४० करोड बराबरको रङ

काठमाडौँ । रङहरूको पर्व हो, होली । यो पर्वमा आफन्तजन र साथीभाइबिच एकापसमा रङ दलेर खुसी साटासाट गरिन्छ ।
नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ ।
२०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त रङ आयात हुँदा ८ करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।
गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
- १० मुलुकबाट रङ आयात
चालु वर्षको माघ मसान्तसम्म १० मुलुकबाट रङ आयात भएको विभागको तथ्यांकले उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३७ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख ४६ हजार १७४ किलो रङ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
दोस्रोमा चीनबाट आयात भएको छ । चीनबाट १ करोड ७१ लाख ७६ हजार रुपैयाँको २४ हजार ५५१ किलो ग्राम रङ आयात भएको छ । रङ आयात हुने तेस्रो मुलुकमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट७३ लाख ६८ हजार रुपैयाँको १ हजार ७५० किलो रङ आयात भएको छ ।
कुन देशबाट कति आयो ?
- वार्षिक ६० करोडभन्दा बढीको आयात
नेपालमा यस्तो रङ होली मात्र नभएर तिहारमा पनि प्रयोग हुँदै आएको छ । साथै उक्त रङ अन्य प्रयोजनमा पनि उपयोग हुने गरेको छ ।
विभागको तथ्यांक हेर्ने हो भने वार्षिक रूपमा ठुलो परिमाणमा आयात भएको छ । यस्तो रङ वार्षिक ६० करोडभन्दा बढी मूल्यको आयात हुने गरेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ८३ लाख ७० हजार रुपैयाँको रङ आयात भएको छ । २०७९/८० मा ७२ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको रङ आयात भएको थियो । यसअनुसार २०७९/८० को तुलनामा २०८०/८१ मा ९ करोडले आयात घटेको देखिन्छ । २०७८/७९ मा ७७ करोड १० लाख १८ हजार रुपैयाँको आयात भएको छ ।
यसैगरी २०७७/७८ मा ७४ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको आयात भएकोछ भने २०७६/७७ मा ५९ करोड ५ लाख ५८ हजार रुपैयाँको रङ आयात भएको छ ।
कुन वर्ष कति आयो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?
-
गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो
-
'सरकारले वर्षौँ लगाएर लोडसेडिङ हटाएको हो, कसैको चमत्कारले होइन'