१० वर्षपछि इमरानको बलिउडमा कम्ब्याक, भूमि नायिका
मुम्बई । आमिर खानका भतिजा इमरान खान १० वर्षपछि बलिउड उद्योगमा फर्किने भएका छन्। अभिनेताको नेटफ्लिक्स फिल्म प्रि-प्रोडक्सनमा छ।
उनको आगामी फिल्मको नाम 'ह्याप्पी पटेल' हो। यो फिल्मलाई आमिर खानले निर्माण गरिरहेका छन् भने वीर दासले निर्देशन गरिरहेका छन्।
इमरान खानको पहिलो फिल्म जाने तु या जाने ना पनि आमिर खानले नै निर्माण गरेका थिए। उनले २०११ मा रिलिज भएको फिल्म दिल्ली बेलीमा वीर दाससँग काम गरेका थिए।
एचटी सिटीको रिपोर्ट अनुसार फिल्मको छायांकन अप्रिलमा सुरु हुनेछ। रिपोर्टहरूले बताएअनुसार प्लेटफर्मले यस सम्बन्धमा पहिलो घोषणा आफैँ गर्न चाहन्छ। इमरान खानको अपोजिटमा बन्ने फिल्ममा भूमि पेडनेकरलाई मुख्य भूमिकाको लागि पक्का गरिएको छ। सेप्टेम्बरमा दानिश आलमले फिल्मको पटकथा लेख्ने समाचार आएको थियो।
फिल्मसँग नजिकको अर्को स्रोतका अनुसार उनीहरूले यो परियोजनालाई स्ट्रिमिङ प्लेटफर्ममा ल्याउने निर्णय गरेका छन्। जानकारी अनुसार नेटफ्लिक्सले पहिलो नजरमा नै फिल्मलाई स्वीकृत गरेको छ।
तर त्यतिन्जेलसम्म फिल्मको पटकथा पूर्ण रूपमा तयार भइसकेको थिएन। त्यसैले, निर्माताहरू र स्ट्रिमिङ प्लेटफर्मबिच अहिलेसम्म कुनै सम्झौतामा हस्ताक्षर भएको छैन। पटकथा स्वीकृत भएपछि मात्र सम्झौतामा हस्ताक्षर हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण