बैङ्किङ क्षेत्रका कर्मचारीलाई २०८२ सालमा ४७ दिन बिदा
बिहीबार, २९ फागुन २०८१, १६ : ४६
काठमाडौँ । बैङ्किङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको सार्वजनिक बिदासम्बन्धी तालिका अनुसार यस्तो अवस्था देखिएको हो । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बिदाको सूची अनुसार बैङ्कहरूले बिदा दिने गर्दै आएका छन् ।
कुल बिदामध्ये ३२ दिनको बिदा तोकिएको छ । बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुनेगरी व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।
यो वर्ष दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा तोकिएको छ । यद्यपि तोकिएका सबै दिन सबै व्यक्तिले बिदा पाउने छैनन् । १२ वटा पर्व सम्बन्धित क्षेत्र, जाती वा सम्प्रदायका व्यक्तिले मात्रै पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण