बैङ्किङ क्षेत्रका कर्मचारीलाई २०८२ सालमा ४७ दिन बिदा
बिहीबार, २९ फागुन २०८१, १६ : ४६

काठमाडौँ । बैङ्किङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको सार्वजनिक बिदासम्बन्धी तालिका अनुसार यस्तो अवस्था देखिएको हो । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बिदाको सूची अनुसार बैङ्कहरूले बिदा दिने गर्दै आएका छन् ।
कुल बिदामध्ये ३२ दिनको बिदा तोकिएको छ । बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुनेगरी व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।
यो वर्ष दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा तोकिएको छ । यद्यपि तोकिएका सबै दिन सबै व्यक्तिले बिदा पाउने छैनन् । १२ वटा पर्व सम्बन्धित क्षेत्र, जाती वा सम्प्रदायका व्यक्तिले मात्रै पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु