होली मर्यादित बनाउन मधेसका १६७ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट
वीरगन्ज । तराई मधेसमा शुक्रबार होली पर्व मनाइँदैछ । होली मर्यादित र शान्तिपूर्ण बनाउन मधेस प्रदेशमा ट्राफिक प्रहरीले १६७ ठाउँमा चेक प्वाइन्ट बनाएर सवारी चेकजाँचमा कडाइ गरेको छ ।
होली पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन, सवारी दुर्घटना न्यूनीकरण गर्न मधेसका ८ वटै जिल्लामा पथलैया ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको हो ।
पथलैया ट्राफिक प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार होली पर्वलाई लक्षित गरी फागुन २८ गतेदेखि चैत २ गतेसम्म विशेष सुरक्षा योजना लागु गरिएको हो ।
होलीका क्रममा मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने, सवारी नियम तोड्ने, उच्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रण गर्न व्यापक संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको बोगटीको भनाइ छ । यसका लागि मधेसका १६७ ठाउँमा चेक प्वाइन्ट राखेको उनले रातोपाटीलाई बताए ।
बोगटीका अनुसार राजमार्ग तथा सदरमुकामहरूमा विशेष सावधानी अपनाइएको छ । खासगरी मोटरसाइकलमा तीनजना बस्ने, मापसे तथा लापसे गरेर सवारीसाधन चलाउनेमाथि यो वर्ष विशेष निगरानी गरिएको पथलैया ट्राफिक प्रहरीले जनाएको छ ।
बोगटीका अनुसार एसपीकै कमाण्डमा मधेस प्रदेशका ८ वटै जिल्लामा ४३२ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
खासगरी लापसे गरेर सार्वजनिक सवारीसाधन चलाउनेलाई मुद्दा चलाएरै कारबाही गर्ने रणनीति लिइएको पथलैया ट्राफिक कार्यालय प्रमुख बोगटीको भनाइ छ ।
ट्राफिक प्रहरीले होलीमा लापरबाही गरेर सवारीसाधन चलाउने, तीन जना बसेर मोटरसाइकल चलाउने, हेलमेट नलगाउने, उच्छृङ्खल गतिविधि गरेर सवारीसाधन चलाउनेलाई ‘होल्डिङ’ गर्ने रणनीति लिएको छ ।
नियमविपरीत सवारीसाधन चलाउनेलाई आजको दिन पूरै होल्ड गर्ने रणनीति रहेको ट्राफिक प्रहरी प्रमुख बोगटीले बताए । मोबाइल टोली, क्यूआरटी टोली, सरप्रराइज चेकिङ भइरहेको पथलैया ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित धेरै संख्यामा प्रहरी परिचालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण