टाइम म्यागेजिनकाे विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा नेपाल
काठमाडौँ । तपाईलाई घुम्न मन पर्छ ? टाइम म्यागेजिनले भर्खरै २०२५ मा घुम्नका लागि विश्वका सय उत्कृष्ट ठाउँको सूची जारी गरेको छ । सूचीमा एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्म परेका छन् ।
यसमा क्रुजदेखि संग्राहलय र रेष्टुराँदेखि नेशनल पार्कसम्म सबै कुरा छन् । सूचीमा नेपालको तर्फबाट सामुदायिक होमष्टे नेटवर्क (सीएचएन) लाई पनि घुम्नै पर्ने ठाउँ बताइएको छ ।
कतै घुम्न जानुको पहिलो लोभ भनेको त्यहाँका मानिसहरूलाई चिन्नु वा थाहा पाउनु पनि हो । कसैको घरमा एक रात मात्रै बस्नु भनेको उनीहरूसँग जीवनभरका लागि मित्रता गाँस्नु पनि हो । त्यसपछि गाउँको शान्त र हरियाली परिवेश, फाँट अनि डाडाँकाडाँ एकपटक कल्पना गर्नु त मनैलाई शान्त हुन्छ ।
सीएचएन रोयल माउन्टेनको भगिनी कम्पनी हो । २०१२ मा पनौतीमा होमस्टे खोलेयता यसले १८ समुदायमा २०० भन्दा धेरै होमस्टे चलाइरहेको छ । होमस्टे बाहेक पनि सीएचएनले आगन्तुकहरूलाई नेपाल घुम्न आउनका लागि प्रेरित गर्न सीएचएनले स्थानीय सरकारहरूसँग मिलेर पनि काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण