टाइम म्यागेजिनकाे विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा नेपाल

काठमाडौँ । तपाईलाई घुम्न मन पर्छ ? टाइम म्यागेजिनले भर्खरै २०२५ मा घुम्नका लागि विश्वका सय उत्कृष्ट ठाउँको सूची जारी गरेको छ । सूचीमा एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्म परेका छन् ।
यसमा क्रुजदेखि संग्राहलय र रेष्टुराँदेखि नेशनल पार्कसम्म सबै कुरा छन् । सूचीमा नेपालको तर्फबाट सामुदायिक होमष्टे नेटवर्क (सीएचएन) लाई पनि घुम्नै पर्ने ठाउँ बताइएको छ ।
कतै घुम्न जानुको पहिलो लोभ भनेको त्यहाँका मानिसहरूलाई चिन्नु वा थाहा पाउनु पनि हो । कसैको घरमा एक रात मात्रै बस्नु भनेको उनीहरूसँग जीवनभरका लागि मित्रता गाँस्नु पनि हो । त्यसपछि गाउँको शान्त र हरियाली परिवेश, फाँट अनि डाडाँकाडाँ एकपटक कल्पना गर्नु त मनैलाई शान्त हुन्छ ।
सीएचएन रोयल माउन्टेनको भगिनी कम्पनी हो । २०१२ मा पनौतीमा होमस्टे खोलेयता यसले १८ समुदायमा २०० भन्दा धेरै होमस्टे चलाइरहेको छ । होमस्टे बाहेक पनि सीएचएनले आगन्तुकहरूलाई नेपाल घुम्न आउनका लागि प्रेरित गर्न सीएचएनले स्थानीय सरकारहरूसँग मिलेर पनि काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन