बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २२ मार्चदेखि सुरु हुँदैछ । पहिलो खेल कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुनेछ ।
मुम्बई इन्डियन्सले २३ मार्चमा आफ्नो पहिलो खेल खेल्नेछ । टोलीको सामना चेन्नई सुपर किंग्ससँग हुनेछ ।
तर, प्रतियोगिताअघि मुम्बईलाई ठुलो झट्का लागेको छ । टोलीका स्टार खेलाडी जसप्रित बुमराह समयमा नै फिट नहुने भएका छन् । उनी आईपीएलका सुरुवाती केही खेलहरूबाट बाहिर भएका हुन् ।
ईएसपीएन क्रिकइन्फोका अनुसार उनी अप्रिलको पहिलो हप्तामात्र टोलीसँग जोडिनेछन् । बुमराह बोर्डर गावस्कर ट्रफीको अन्तिम टेस्टका दौरान घाइते भएका थिए । त्यसयता उनले कुनै खेल खेलेका छैनन् ।
हाल उनी एनसीएमा फिटनेसका लागि काम गरिरहेका छन् । उनले च्याम्पियन्स ट्रफी पनि खेल्न पाएनन् । प्रतियोगिताअघि टोलीका मुख्य चयनकर्ता अजित अगरकरले बुमराह कम्तीमा ५ हप्ता अझै मैदानबाहिर रहने बताएका थिए ।
मार्चमा मुम्बईले तीनवटा खेल खेल्नेछ । यी तीनवटै खेल बुमराहले गुमाउन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण