शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का

शुक्रबार, ०१ चैत २०८१, १५ : ३३
शुक्रबार, ०१ चैत २०८१

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २२ मार्चदेखि सुरु हुँदैछ । पहिलो खेल कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुनेछ । 

मुम्बई इन्डियन्सले २३ मार्चमा आफ्नो पहिलो खेल खेल्नेछ । टोलीको सामना चेन्नई सुपर किंग्ससँग हुनेछ ।

तर, प्रतियोगिताअघि मुम्बईलाई ठुलो झट्का लागेको छ । टोलीका स्टार खेलाडी जसप्रित बुमराह समयमा नै फिट नहुने भएका छन् । उनी आईपीएलका सुरुवाती केही खेलहरूबाट बाहिर भएका हुन् ।

ईएसपीएन क्रिकइन्फोका अनुसार उनी अप्रिलको पहिलो हप्तामात्र टोलीसँग जोडिनेछन् । बुमराह बोर्डर गावस्कर ट्रफीको अन्तिम टेस्टका दौरान घाइते भएका थिए । त्यसयता उनले कुनै खेल खेलेका छैनन् ।

हाल उनी एनसीएमा फिटनेसका लागि काम गरिरहेका छन् । उनले च्याम्पियन्स ट्रफी पनि खेल्न पाएनन् । प्रतियोगिताअघि टोलीका मुख्य चयनकर्ता अजित अगरकरले बुमराह कम्तीमा ५ हप्ता अझै मैदानबाहिर रहने बताएका थिए ।

मार्चमा मुम्बईले तीनवटा खेल खेल्नेछ । यी तीनवटै खेल बुमराहले गुमाउन सक्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप