बलात्कारपीडित ८ वर्षीया बालिकाको मृत्युपछि बङ्गलादेशमा उग्र भयो प्रदर्शन
शुक्रबार, ०१ चैत २०८१, १५ : ४९
ढाका । बङ्गलादेशमा एक आठ वर्षीया बलात्कार पीडित बालिकाको निधन भएको छ । बिहीबार ती बालिकाको मृत्युपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ ।
बालिकाकी आमाले दिएको उजुरी अनुसार, मार्च ५ को राति मागुरा सहरमा आफ्नी दिदीको घरमा गएकी बालिका बलात्कारमा परेकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरी केटीकी दिदीको श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
बिहीबार राति, बालिकाको मृत्युको खबर सुनेपछि, आक्रोशित भीड घटना भएको भनिएको स्थानमा पुगेको थियो । भीडले घटना भएको घरमा आगो लगाइदिएको छ ।
ती बालिकालाई मार्च ८ मा अस्पताल भर्ना गरिएको थियो र राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा छ दिनसम्म उनी गम्भीर अवस्थामा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण