स्ववियु निर्वाचनमा धाँधली भएको भन्दै उच्च अदालतमा रिट
पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसको निर्वाचनमा निर्वाचन समितिले धाँधली गरेको भन्दै रिट दायर गरिएको हो ।
निर्वाचन समितिले तोकेको समयभित्र अनेरास्ववियुको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुपर्नेमा निर्वाचन समितिले घोषणा नगरेको आरोप लगाउँदै अध्यक्षका उम्मेदवार सविन लामिछानेले रिट दायर गरेका हुन् । रिटको सुनुवाइ आइतबारलाई तोकिएको छ ।
रिटमा आदिकवि भानुभक्त क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति, निर्वाचन अधिकृत विश्वेश्वर तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाइएको छ ।
सबै विद्यार्थी संगठनको सहमतिमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएकोमा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको र आफूहरु सर्वसम्मत निर्वाचित हुनुपर्ने लामिछानेको दावी छ ।
उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेर समितिले धाँधली गरेको आरोप उनले लगाए । थप भएको समयमा चाहिँ अन्य संगठनले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण