स्ववियु निर्वाचनमा धाँधली भएको भन्दै उच्च अदालतमा रिट

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसको निर्वाचनमा निर्वाचन समितिले धाँधली गरेको भन्दै रिट दायर गरिएको हो ।
निर्वाचन समितिले तोकेको समयभित्र अनेरास्ववियुको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुपर्नेमा निर्वाचन समितिले घोषणा नगरेको आरोप लगाउँदै अध्यक्षका उम्मेदवार सविन लामिछानेले रिट दायर गरेका हुन् । रिटको सुनुवाइ आइतबारलाई तोकिएको छ ।
रिटमा आदिकवि भानुभक्त क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति, निर्वाचन अधिकृत विश्वेश्वर तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाइएको छ ।
सबै विद्यार्थी संगठनको सहमतिमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएकोमा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको र आफूहरु सर्वसम्मत निर्वाचित हुनुपर्ने लामिछानेको दावी छ ।
उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेर समितिले धाँधली गरेको आरोप उनले लगाए । थप भएको समयमा चाहिँ अन्य संगठनले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा