वार्नरको भारतीय फिल्ममा इन्ट्री
मुम्बई । अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा देखिने भएका छन्। यो जानकारी उनी आफैंले साझा गरेका हुन्।
डेभिड वार्नरले तेलुगु फिल्म 'रोबिन हुड' बाट डेब्यू गर्न लागेको खुलासा गरेका छन्। वार्नरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्टर सेयर गर्दै लेखेका छन् , ‘भारतीय सिनेमा, म आउँदैछु। सुटिङमा रमाइलो समय बिताएँ। रोबिन हुडको हिस्सा हुन पाउँदा धेरै खुसी छु।’
शनिबार, फिल्म निर्माताहरूले डेभिड वार्नरको एउटा पोस्टर सेयर गरेर स्वागत गरे, जसमा लेखिएको थियो , ‘सिमानादेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ।’

यसैबीच, फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन् , ‘ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म। स्वागत छ भाइ डेभिड वार्नर।’
यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। यो फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण