ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
आइतबार, ०३ चैत २०८१, ०३ : १३
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिया रियालको घरेलु मैदानमा भएको खेल २-१ ले आफ्नो पोल्टामा पार्दै रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
रियाल मड्रिडलाई जिताउन केलियन एम्बाप्पेले दोहोरो तथा निर्णायक गोल गरे । सुरुवाती गोल भने घरेलु टोलीले गरेको थियो । घरेलु टोली भियारियालका लागि हुँवा फोयथले ७ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै रियाल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ, जो शीर्ष स्थानमा छ । दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, एटलेटिको मड्रिड २७ खेलबाट ५६ अंक जोड्दै तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण