हुथी विद्रोहीमाथि अमेरिकी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा शनिबार यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि गरिएको सैन्य कारबाहीमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । यो अभियान थप केही दिन जारी रहने रोयटर्सले बताएको छ ।
यता, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र नौ जना घाइते भएको जनाएको छ। अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको ट्रम्पले बताएका छन्। उनले लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको उल्लेख गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी जहाजहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।’ उनीहरूको (हुथी विद्रोहीहरूको) ‘डकैती, हिंसा र आतंक’ ले अर्बौँ
डलरको क्षति पुर्याएको र मानिसहरूको जीवनलाई जोखिममा पारेको उनको भनाई छ। गाजामा इजरायल(हमास युद्धको प्रतिक्रियास्वरूप हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थालेका थिए।
हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ आफ्नो सैन्य बलले दिने बताएका छन्। उनीहरूले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा शृङ्खलाबद्ध विस्फोटहरू गरेका छन्। यो साउदी अरेबियासँगको सीमामा रहेको हुथी विद्रोहीहरूको बलियो गढ हो।
इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मान्दछ। यसले साना र यमनको उत्तरपश्चिमी भाग नियन्त्रण गर्छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण