रघुजी बोल्दा ज्ञानेन्द्रले आपत्ति जनाएपछि लफडा
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएपछि लफडा भएको छ । सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको हाे ।
शाहीले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिएनन् । सांसद शाहीले बोल्न समय मागिरहे । त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’
त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन चुनौती दिए । त्यसपछि केहीबेर लफडा भएपछि सभामुख घिमिरेले केही व्याख्या गरे ।
घिमिरेले भने, ‘नियमावलीको आधारबाट अभिव्यक्ति दिन्छौँ । त्यसैका आधारमा सत्य तथ्यमा आधारित भएर बोल्नु भएको छ । कैयौँ मानिसलाई झुटो र बेठिक लाग्न सक्छ । विधिवत ढंगबाट प्रमाणित र खण्डन गर्नुपर्छ । अनुमति दिने नदिने काम गरिएको छ ।’
अन्तिममा पन्तको काटिएको समय सभामुख घिमिरेले थपिदिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण