भाषा विवादमा भिडे प्रकाश राज र पवन कल्याण
हैदराबाद । दक्षिण भारतीय सुपरस्टार तथा तमिलनाडुका उपमुख्यमन्त्री पवन कल्याणले हालैको एक भाषणमा हिन्दी भाषाको विरोध गर्ने नेताहरूको आलोचना गरेका छन्।
उनले तमिलनाडुका मानिसहरू हिन्दीको विरोध गरे पनि उनीहरू नै यहाँ हिन्दीमा चलचित्र डब गरेर बलिउडबाट पैसा कमाउने आरोप लगाए। उनको भनाइ दक्षिणमा हिन्दी भाषाको विरोधको विषयमा आएको हो।
तर, यो कुरा बाहिर आउने बित्तिकै प्रकाश राजले उनीमाथि हिन्दी भाषा थोपरेको आरोप लगाए । प्रकाश राजले भने, ‘हामीमाथि आफ्नो हिन्दी भाषा नथोपर' भन्नुको अर्थ हो- अन्य कुनै पनि भाषालाई घृणा नगरी आफ्नो मातृभाषा र आमाको गर्वका साथ रक्षा गर्नु हो। कसैले पवन कल्याणलाई यो कुरा बताइदिनुहोस्।’
यसको जवाफमा पवन कल्याणले आक्रोशित हुँदै लेखेका छन्, ‘जबरजस्ती कुनै भाषा थोपर्ने वा अन्धाधुन्ध भाषाको विरोध गर्ने, यी दुवै प्रवृत्तिहरू हाम्रो देश भारतको राष्ट्रिय र सांस्कृतिक एकताको आधारभूत उद्देश्य प्राप्त गर्न सहयोगी छैनन्। मैले कहिल्यै हिन्दी भाषाको विरोध गरेको छैन। मैले त सबैका लागि अनिवार्य बनाउने कुराको विरोध गरें। जब एनईपी-२०२० आफैंले हिन्दीलाई अनिवार्य रूपमा लागू गर्दैन, तब यसको कार्यान्वयनको बारेमा गलत बयान दिनु जनतालाई भ्रमित गर्नु बाहेक अरू केही होइन।
आजकल धेरै दक्षिण भारतीय राज्यहरूमा हिन्दी भाषाको विरोध भइरहेको छ। दक्षिणको क्षेत्रीय भाषाको प्रवर्द्धनसँगै हिन्दी र अंग्रेजीको विरोध पनि भइरहेको हो। हालै बजेट सत्रमा, रुपैयाँको प्रतीक दक्षिण भारतीय भाषामा चित्रण गरिएको थियो, जसले विवाद निम्त्याएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण