प्रतिनिधिसभामा उठ्यो फिल्म ‘सेन्सरसिप’ को कुरा
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सरकारले फिल्ममा लगाएको ‘सेन्सरसिप’ को कुरा उठेको छ । आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सो कुरा उठाएका हुन् ।
उनले रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेको भन्दै कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न समेत आग्रह गरे ।
शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’ लाई सेन्सर गरिएको भन्दै उक्त गतिविधिको विरोध गरे ।
‘सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने वित्तिकै सरकारलाई डर लाग्छ कि के हो, जे मा पनि सेन्सर लगाइदिन्छ । यस्तै सेन्सर लगाउने काम चलचित्र ‘राजागंज’लाई पनि गरिएको छ,’ उनले अगाडि भने– ‘संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’ को संज्ञा दिएका थिए नेकपा एमाले अध्यक्षले सार्वजनिक रुपमा । उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र ‘राजागञ्ज’ लाई प्रदर्शन अनुमति दिएको छ ।’
चलचित्र समाजको ऐना रहेको बताउँदै सांसद शाहले फिल्ममार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अंकुश लगाउने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण