प्रतिनिधिसभामा उठ्यो फिल्म ‘सेन्सरसिप’ को कुरा

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सरकारले फिल्ममा लगाएको ‘सेन्सरसिप’ को कुरा उठेको छ । आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सो कुरा उठाएका हुन् ।
उनले रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेको भन्दै कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न समेत आग्रह गरे ।
शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’ लाई सेन्सर गरिएको भन्दै उक्त गतिविधिको विरोध गरे ।
‘सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने वित्तिकै सरकारलाई डर लाग्छ कि के हो, जे मा पनि सेन्सर लगाइदिन्छ । यस्तै सेन्सर लगाउने काम चलचित्र ‘राजागंज’लाई पनि गरिएको छ,’ उनले अगाडि भने– ‘संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’ को संज्ञा दिएका थिए नेकपा एमाले अध्यक्षले सार्वजनिक रुपमा । उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र ‘राजागञ्ज’ लाई प्रदर्शन अनुमति दिएको छ ।’
चलचित्र समाजको ऐना रहेको बताउँदै सांसद शाहले फिल्ममार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अंकुश लगाउने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी
-
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो
-
‘राफेल खसालेको’ पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?