संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्नु उचित होइन : पन्त
काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्त संविधानले राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्नु उचित नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् । इतिहासका विभिन्न घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे ।
सांसद पन्तले राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएका थिए । राजतन्त्र पुनरुत्थानको वकालतकर्ता सांसद शाहीले आफ्नो अभिव्यक्तिप्रति आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए ।
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए । जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरूलाई सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए । उनले अहिलेको अवस्थामा मन्त्रीहरू फेर्ने अवस्था आएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण