युवा नेता बमलाई तत्काल रिहा गर्न महामन्त्री राणाको माग
आइतबार, ०३ चैत २०८१, १३ : १३
काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई बिना शर्त तत्काल रिहा गर्न माग समेत गरेका छन् । निराजन मकवानपुरबाट पक्राउ परेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएपछि उनी आइतबार पक्राउ परेका हुन्। उनले शनिबार मकवानपुरमा आयोजित कार्यक्रम स्थलमै प्रचण्ड को फोटो जलाएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण