तोकिएको मितिमा स्ववियु निर्वाचन नगरेको भन्दै त्रिवि विद्यार्थी कल्याण प्रमुखको कुर्सी बाहिर फालियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तोकिएको मितिमा स्ववियु निर्वाचन नगरेको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका छन् ।
उनीहरूले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको कुर्सी बाहिर फालेका हुन् । चैत ५ गते स्ववियु निर्वाचन नगरेर विद्यार्थीहरूमाथि नै पूर्वाग्रही व्यवहार गरेको आरोप विद्यार्थीहरूको छ ।
नेपाल विद्यार्थी संघभित्र उम्मेदवारी विवादका कारण चैत ५ गते हुने स्ववियु निर्वाचन चैत ८ गतेका लागि सरेको छ ।
नेविसंघकै असन्तुष्ट पक्षले कुर्सी बाहिर फालेको हुन सक्ने अनुमान गरिएको छ ।
नेविसंघको विवादका कारण निर्वाचन समितिको कार्यालयमा तालाबन्दी लगाइएको छ भने निर्वाचन समितिले आइतबार मात्रै नेविसंघको आधिकारिक उम्मेदवार दीपकराज जोशी भएको निर्णय गरेको थियो । त्यसपछि नेविसंघको असन्तुष्ट समूह आक्रोशित बनेको हो ।
नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाले अनोज कार्की समूहलाई आधिकारिक मान्नुपर्ने अडान लिँदै आएका थिए । तर, निर्वाचन समितिले जोशी समूह आधिकारिक भएको निर्णय गरेको थियो ।
असन्तुष्ट विद्यार्थीहरूले निर्देशक अधिकारीले निष्पक्ष भूमिका नखेलेको, कार्यालयमा भेट्न जाँदा कार्यालयमा नभेटिने गरेको र विद्यार्थीहरूले गरेको फोन समेत नउठाउने गरेको जस्ता आरोप पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा