तोकिएको मितिमा स्ववियु निर्वाचन नगरेको भन्दै त्रिवि विद्यार्थी कल्याण प्रमुखको कुर्सी बाहिर फालियो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तोकिएको मितिमा स्ववियु निर्वाचन नगरेको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका छन् ।
उनीहरूले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको कुर्सी बाहिर फालेका हुन् । चैत ५ गते स्ववियु निर्वाचन नगरेर विद्यार्थीहरूमाथि नै पूर्वाग्रही व्यवहार गरेको आरोप विद्यार्थीहरूको छ ।
नेपाल विद्यार्थी संघभित्र उम्मेदवारी विवादका कारण चैत ५ गते हुने स्ववियु निर्वाचन चैत ८ गतेका लागि सरेको छ ।
नेविसंघकै असन्तुष्ट पक्षले कुर्सी बाहिर फालेको हुन सक्ने अनुमान गरिएको छ ।
नेविसंघको विवादका कारण निर्वाचन समितिको कार्यालयमा तालाबन्दी लगाइएको छ भने निर्वाचन समितिले आइतबार मात्रै नेविसंघको आधिकारिक उम्मेदवार दीपकराज जोशी भएको निर्णय गरेको थियो । त्यसपछि नेविसंघको असन्तुष्ट समूह आक्रोशित बनेको हो ।
नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाले अनोज कार्की समूहलाई आधिकारिक मान्नुपर्ने अडान लिँदै आएका थिए । तर, निर्वाचन समितिले जोशी समूह आधिकारिक भएको निर्णय गरेको थियो ।
असन्तुष्ट विद्यार्थीहरूले निर्देशक अधिकारीले निष्पक्ष भूमिका नखेलेको, कार्यालयमा भेट्न जाँदा कार्यालयमा नभेटिने गरेको र विद्यार्थीहरूले गरेको फोन समेत नउठाउने गरेको जस्ता आरोप पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण