सहरी विकास मन्त्रालयको प्रगति : आठ महिनामा आठ किलोमिटर सडक निर्माण
काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको पुल र सडक निर्माणको अवस्था हेर्ने हो भने लज्जास्पद अवस्था देखिएको छ ।
चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मन्त्रालयले ग्रामीण कालोपत्रे सडक निर्माण गर्ने लिएको लक्ष्यमा जम्मा ८ प्रतिशत मात्रै प्रगति देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयले १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो । तर फागुन मसान्तसम्म (८ महिनामा) ८.६ किलोमिटर मात्रै सडक निर्माण गरेको छ ।
झापा, रोल्पा र पर्वत गरी ३ जिल्लाहरूमा जम्मा ८.६ किमि निर्माण भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी जम्मा ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा मात्रै निर्माण गरेको मन्त्रालयले जनाएको छ । यसमध्ये १. गेरूका नदी पुल, सर्लाही, २.माडर पुल निर्माण, सिरहा न.पा., ३. तपोवन चौलानी नदी मोटरेवल पुल दार्चुला, ४. लिखु खोलापुल, सोलुखुम्बु र ५. सुखचैना बुधौराको पूर्व पुल सिरहा गरी ५ वटा सडकपुल निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण