चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
मङ्गलबार, ०५ चैत २०८१, १५ : २६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का चारवटा जवस मोर्चाको संयुक्त बैठक बसेको छ । मंगलबार सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।
नेता ज्वालाका अनुसार बैठकले चैत १० गतेभित्र पार्टीका सल्लाहकार, केन्द्रीय आयोग र विभागहरूको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै संयुक्त बैठकले समाजवादी मोर्चाले आयोजना गरेको (चैत १५ गते) को वृहत् जनप्रदर्शन र सभालाई भव्य रूपमा सम्पन्न गर्न आयोग र विभागहरूले व्यापक तयारी गर्ने निर्णय गरेको छ ।
चार दलीय मोर्चाले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण