नरेन्द्र मोदीले खोले डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’मा खाता
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा खाता खोलेका छन् । अहिलेसम्म यो सामाजिक सञ्जाललाई विश्वका कमै मात्रै शीर्ष नेताहरूले मात्रै चलाइरहेका छन् । ट्रुथ सोसल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म हो ।
आफ्नो पहिलो पोस्टमा मोदीले ट्रम्पसँगको आफ्नो तस्बिर सेयर गरेका छन् । यो तस्बिर २०१९ मा उनको अमेरिकी भ्रमणको क्रममा टेक्सासको ह्युस्टनमा खिचिएको थियो । ट्रुथ सोसलमा सामेल हुन पाउँदा आफूले खुसी महसुस गरिरहेको पोस्टमा मोदीले लेखेका छन् । २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनसँग हारेपछि डोनाल्ड ट्रम्पले कार्यकर्ताहरूलाई क्यापिटल हिलमा आक्रमण गर्न उक्साएका थिए ।
त्यसपछि ट्विटर र फेसबुक जस्ता प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूले ट्रम्पमाथि तुरुन्तै प्रतिबन्ध लगाए । त्यसपछि २०२२ को फेब्रुअरीमा ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सुरु गरेका थिए । सोमबार ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एकाउन्टमा लेक्स फ्राइडम्यानले लिएको मोदीको अन्तरवार्ताको लिङ्क शेयर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण