नरेन्द्र मोदीले खोले डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’मा खाता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा खाता खोलेका छन् । अहिलेसम्म यो सामाजिक सञ्जाललाई विश्वका कमै मात्रै शीर्ष नेताहरूले मात्रै चलाइरहेका छन् । ट्रुथ सोसल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म हो ।
आफ्नो पहिलो पोस्टमा मोदीले ट्रम्पसँगको आफ्नो तस्बिर सेयर गरेका छन् । यो तस्बिर २०१९ मा उनको अमेरिकी भ्रमणको क्रममा टेक्सासको ह्युस्टनमा खिचिएको थियो । ट्रुथ सोसलमा सामेल हुन पाउँदा आफूले खुसी महसुस गरिरहेको पोस्टमा मोदीले लेखेका छन् । २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनसँग हारेपछि डोनाल्ड ट्रम्पले कार्यकर्ताहरूलाई क्यापिटल हिलमा आक्रमण गर्न उक्साएका थिए ।
त्यसपछि ट्विटर र फेसबुक जस्ता प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूले ट्रम्पमाथि तुरुन्तै प्रतिबन्ध लगाए । त्यसपछि २०२२ को फेब्रुअरीमा ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सुरु गरेका थिए । सोमबार ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एकाउन्टमा लेक्स फ्राइडम्यानले लिएको मोदीको अन्तरवार्ताको लिङ्क शेयर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?