आयुर्वेद क्याम्पसमा नेविसंघ प्यानल नै विजयी, तीन दलीय गठबन्धन पराजित
काठमाडौँ । आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका निशान अर्याल निर्वाचित भएका छन् । क्याम्पसमा चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पुरै प्यानल नै विजयी भएको हो।
निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी संगठनहरु अनेरास्ववीयु, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयू र नेपाल विद्यार्थी सङ्घबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
नेविसंघको तर्फबाट सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन्।
समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट लगभग सुरक्षित गरेको छ। यो जित संगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार ४ वटा स्ववियू निर्वाचनमा प्यानल नै जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण