आईपीएलमा ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीले कति पुरस्कार पाउँछन् ?
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबारदेखि सुरु हुँदैछ । आईपीएलको यो १८ औँ संस्करण हो । शनिबार ऐतिहासिक ईडेन गार्डेन्स स्टेडियममा खेलिने कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिचको खेलसँगै आईपीएलको नयाँ संस्करणले गति लिनेछ ।
आईपीएलको पछिल्लो संस्करणहरुमा ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ को पनि निकै चर्चा हुने गरेको छ । खासमा, आईपीएलमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानलाई ‘अरेन्ज क्याप’ र सबैभन्दा बढी विकेट लिने बलरलाई ‘पर्पल क्याप’ पुरस्कार प्रदान गरिन्छ ।
‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिन्छ । आखिर कति नगद पुरस्कार पाउँछन् त, ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीले ? खासमा ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीले १५–१५ लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्छन् ।
आईपीएलको अघिल्लो सिजनमा पञ्जाब किङ्सका हर्षल पटेलले ‘पर्पल क्याप’ जितेका थिए । त्यो संस्करणमा उनले कुल २४ विकेट लिएका थिए । त्यतिबेला उनले पनि १५ लाख भारतीय रुपैयाँ नगद पुरस्कार पाएका थिए ।
हर्षल पटेलले हालसम्म दुईपटक ‘पर्पल क्याप’ पुरस्कार जितिसकेका छन् । उनले पहिलो पटक सन् २०२१ मा यो पुरस्कार हात पारेका थिए । वेस्ट इन्डिजका ड्वेन ब्राभोले पनि हालसम्म दुईपटक ‘पर्पल क्याप’ जितेका छन् । उनले सन् २०१३ र सन् २०१५ को सिजनमा यो पुरस्कार पाएका थिए ।
आईपीएलको इतिहासमा सबैभन्दा बढीपटक ‘अरेन्ज क्याप’ जित्ने ब्याट्सम्यान भने अस्ट्रेलियाका डेभिड वार्नर हुन् । उनले आईपीएलमा तीनपटक ‘अरेन्ज क्याप’ पुरस्कार जितेका छन् । यसका अतिरक्त, क्रिस गेल र विराट कोहलीले पनि दुई–दुईपटक ‘अरेन्ज क्याप’ जितेका छन् ।
यसैगरी, सन मार्श, म्याथ्यू ह्याडेन, सचिन तेन्दुल्कर, माइकल हसी, रोविन उथप्पा, केन विलियम्सन, केएल राहुल, ऋतुराज गायकवाड, जस बट्लर र शुभमन गिलले पनि आईपीएलमा ‘अरेन्ज क्याप’ जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण