नेसपा नयाँ शक्तिद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन, तस्बिरहरू
बुधबार, ०६ चैत २०८१, १६ : ०२

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिले बुधबार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको छ ।
‘राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नाराका साथ राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो ।
सो क्रममा पार्टीले राजतन्त्र फेरि फर्कन नसक्ने भन्दै ‘हामी नागरिक हौँ ! रैती हैनौँ’ भन्ने नारा अंकित प्लेकार्डसमेत प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गरे । यस्तै राजालाई सत्ताबाट हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अभ्यास भएको सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?