जब न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीको सडकमै क्रिकेट खेले...
काठमाडौँ । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन हाल भारत भ्रमणमा छन् । भारतमा क्रिकेट सर्वाधिक लोकप्रिय खेल हो । अर्कोतिर, न्युजिल्यान्डमा पनि क्रिकेट खेल निकै लोकप्रिय छ । सायद त्यसैले भारत भ्रमणमा आउँदा बुधबार न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीमा स्थानीय केटाकेटीहरुसँग बाटोमै क्रिकेट खेलेर रमाइलो गरेका छन् ।
प्रधानमन्त्री क्रिस्टोफरले दिल्लीको सडकमा इँटाको विकेट बनाएर केटाकेटीहरुसँग क्रिकेट खेल्दै रमाइलो गरेका हुन् । प्रधानमन्त्री क्रिस्टोफरसँगै न्युजिल्यान्डका चर्चित क्रिकेटर रोस टेलर र स्पिनर एजाज पटेल पनि थिए ।
उनीहरुसँगै भारतका चर्चित पूर्वक्रिकेटर कपिल देवले पनि सडकमा केटाकेटीहरुसँग क्रिकेट खेलेका थिए । खेलका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्रीले एजाज पटेलको क्याच लिएपछि कपिल देव निकै खुसी भएका थिए । त्यसअघि न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण