जब न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीको सडकमै क्रिकेट खेले...

काठमाडौँ । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन हाल भारत भ्रमणमा छन् । भारतमा क्रिकेट सर्वाधिक लोकप्रिय खेल हो । अर्कोतिर, न्युजिल्यान्डमा पनि क्रिकेट खेल निकै लोकप्रिय छ । सायद त्यसैले भारत भ्रमणमा आउँदा बुधबार न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीमा स्थानीय केटाकेटीहरुसँग बाटोमै क्रिकेट खेलेर रमाइलो गरेका छन् ।
प्रधानमन्त्री क्रिस्टोफरले दिल्लीको सडकमा इँटाको विकेट बनाएर केटाकेटीहरुसँग क्रिकेट खेल्दै रमाइलो गरेका हुन् । प्रधानमन्त्री क्रिस्टोफरसँगै न्युजिल्यान्डका चर्चित क्रिकेटर रोस टेलर र स्पिनर एजाज पटेल पनि थिए ।
उनीहरुसँगै भारतका चर्चित पूर्वक्रिकेटर कपिल देवले पनि सडकमा केटाकेटीहरुसँग क्रिकेट खेलेका थिए । खेलका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्रीले एजाज पटेलको क्याच लिएपछि कपिल देव निकै खुसी भएका थिए । त्यसअघि न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव
-
धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा
-
यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची