अखिल क्रान्तिकारीका रोहित यादव महेन्द्र मोरङ क्याम्पसको सभापतिमा निर्वाचित
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ मा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्।
यादवले १११८ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रोज्ज्वल विष्ट (हक्कु) लाई पराजित गरेका हुन्। विष्टले १०७६ मत ल्याए । निर्वाचनमा कुल २६३१ मत खसेको थियो।
यसैगरी, सचिव पदमा नेपाल विद्यार्थी संघकी सुचित्रा थापा मगर र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा गौतम कुमार मण्डल, मो साहिन, कौशलकुमार साह (तेली), सुसान्त खसैत, नविन बाबु तिवारी, राशिक सुवेदी, एन्जिला काफ्ले, र रामबत कुमार मेहता रहेका छन्।
निर्वाचन गत मंगलबार सम्पन्न भएको थियो। आगामी कार्यकालका लागि नवनिर्वाचित पदाधिकारीहरूले विद्यार्थीहरूको हित र क्याम्पसको विकासमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण