बाह्रबिसेबाट ७४० थान भेप बरामद
बिहीबार, ०७ चैत २०८१, १० : ३७
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खुर्सानीबारीबाट प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ । गएराति तातोपानीबाट सामान लिएर आउँदै गरेको ना ६ ख ५४९६ नम्बरको कन्टेनरबाट ७४० पिस भेप बरामद गरिएको हो ।
चीनबाट तातोपानी नाका हुँदै रेडिमेड सामान लिएको आएको कन्टेनरमा अवैध भेप फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर सुमेश पाण्डेले रातोपाटीलाई बताए । चालक सिट मुनी लुकाएर ल्याएको भेप सहित प्रहरीले चालकलाई पक्राउ गरेको छ ।
अनुसन्धान र कारबाहीका लागि भेप राजस्व अनुसन्धान विभागमा पठाइने इस्पेक्टर पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण