एसइईमा चिट चोराउने रौतहटका २ जना पक्राउ
बिहीबार, ०७ चैत २०८१, १६ : ५६
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा जारी एसइई परीक्षामा चिट चोराउने र सहयोग गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया मावि मौलापुरमा चिट पुर्याउने एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरूलाई अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
एसइईको पहिलो दिन मधेस प्रदेशका रौतहट, धनुषा लगायतका जिल्लामा परीक्षाको मर्यादा भङ्ग भएका भिडियो र तस्बिरहरू नै सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण