हार्वर्ड विश्वविद्यालयमा एडवर्ड एस.मेसन फेलोको लागि पुकार बम स्वीकृत
काठमाडौँ । वैकल्पिक राजनीतिक अभियानका अभियान्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमलाई हार्वर्ड विश्वविद्यालयल एडवर्ड एस.मेसन फेलाको रूपमा स्वीकृत गरेको छ । ‘इनफ इज इनफ’ अभियानका अगुवा समेत रहेका बमलाई हार्वर्ड केनेडी स्कूलको मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन कार्यक्रममा एडवर्ड एस। मेसन फेलोको रूपमा स्वीकृत गरेको हो ।
उनी विवेकशील नेपाली पार्टीका संस्थापक हुन् र भूकम्पपछिको पुनर्निर्माण तथा राहत कार्यमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए । त्यस्तै, कोभिड महामारीका क्रममा पनि समाजका विभिन्न भागमा पुगेर उद्धार तथा राहत कार्यमा संलग्न रहे। ‘इनफ इज इनफ’ अभियानका अभियन्ताका रूपमा उनले ११ दिनसम्म सत्याग्रहसमेत गरेका थिए।
यस अवसरबाट प्राप्त ज्ञानलाई नेपालको राजनीति, शिक्षा र समाज सेवाका क्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले हार्वर्ड विश्वविद्यालयमा विश्वभरका प्रख्यात प्राध्यापकहरू, नीति निर्माता, समाजमा परिवर्तन ल्याउने नेताहरू र विज्ञहरूसँग अध्ययन गर्ने अवसर पाउनेछन् ।
विश्वव्यापी रूपमा नीति निर्माण, शासन र सामाजिक परिवर्तनलाई दिशा दिएका तथा दिइरहेका व्यक्तिहरूसँगको सामिप्यताले झन् प्रेरित गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण