राजनीति
धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन
शुक्रबार, ०८ चैत २०८१, १६ : ५५
काठमाडौँ । पुराना पञ्चनेता नवराज सुवेदीको नेतृत्वमा गठित ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ अन्तर्गत राप्रपाका नेता डा.धवलशमशेर राणा नेतृत्वको जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षधर राजनैतिक दल, सङ्घसंस्था तथा अभियानहरूको प्रतिनिधि सहभागी बैठकले उक्त निर्णय गरेको हो l
बैठकले 'जनआन्दोलन'लाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई हार्दिक अपिल समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण