लुम्बिनी प्रदेश मुख्यमन्त्री कप भलिबलको उपाधि गुल्मीलाई

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाको सहभागिता रहेको थियोे ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मीले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा पाल्पाले दोस्रो स्थान हासिल गरेको छ भने तेस्रो स्थानमा नवलपरासी रहँदा अर्घाखाँचीले भने चौथो स्थानमा चित्त बुझाउनु परेको छ ।
विजेता बनेको गुल्मीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो। द्वितीय स्थान प्राप्त गर्ने पाल्पाले ६५ हजार नगद, तृतीय हुने नवलपरासीले ३५ हजार तथा चौथो हुने अर्घाखाँचीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा उत्कृष्ट ६ विधाका खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले जानकारी दिएका छ्न् ।
आज समापन कार्यक्रमदमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमेश्वर ढकालले स्वस्थ जीवनयापनसँगै देशको पहिचानको लागि समेत खेल महत्त्वपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक