लुम्बिनी प्रदेश मुख्यमन्त्री कप भलिबलको उपाधि गुल्मीलाई
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाको सहभागिता रहेको थियोे ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मीले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा पाल्पाले दोस्रो स्थान हासिल गरेको छ भने तेस्रो स्थानमा नवलपरासी रहँदा अर्घाखाँचीले भने चौथो स्थानमा चित्त बुझाउनु परेको छ ।
विजेता बनेको गुल्मीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो। द्वितीय स्थान प्राप्त गर्ने पाल्पाले ६५ हजार नगद, तृतीय हुने नवलपरासीले ३५ हजार तथा चौथो हुने अर्घाखाँचीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा उत्कृष्ट ६ विधाका खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले जानकारी दिएका छ्न् ।
आज समापन कार्यक्रमदमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमेश्वर ढकालले स्वस्थ जीवनयापनसँगै देशको पहिचानको लागि समेत खेल महत्त्वपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
-
तीन मौसमी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण