पार्टी प्यालेससहित विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिहरू पक्राउ
आइतबार, १० चैत २०८१, १९ : ४४

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित 'यो यो पार्टी प्यालेस' बाट पित्तलको पानससहित विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारबाट चोरी भएको पित्तलको पानस र गाग्री सहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूमा अश्विन लामा र सुवास तामाङ रहेका छन् ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।