राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान
सोमबार, ११ चैत २०८१, ०९ : १७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोलीका लागि जर्सी प्रायोजकको खोजीमा छ । यसका लागि क्यानले क्यानले सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि क्यानले निश्चित सर्तसहितको सार्वजनिक सूचना जारी गरेको हो ।
राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गर्न चाहनेले वार्षिक रूपमा कम्तीमा दुई करोड रुपैयाँ क्यानलाई बुझाउनु पर्नेछ । सम्झौता अवधि तीन वर्षको हुनेछ । यसका साथै प्रत्येक वर्ष तोकिएको रकममा १० प्रतिशत वृद्धि गर्नु पर्नेछ ।
यसबापत क्यानले राष्ट्रिय टोलीले लगाउने जर्सीको अगाडि प्रायोजकको लोगो अंकित गर्नेछ । यसका लागि क्यानले आगामी अप्रिल ११ तारिखसम्मको समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण