यस्तो छ सलमान अभिनित ‘सिकन्दर’ को ट्रेलर
मुम्बई । बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक गरिएको छ । इदको छेको पारेर आगामी आइतबार (३० मार्च) बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीले भरिएको छ ।
साढे तीन मिनेट लामो ट्रेलरमा सलमानलाई गरिबको मसिहाको रुपमा प्रस्तुत गरिएको छ । उनलाई महाराष्ट्र प्रहरीले ‘वान्डेड’ सूचीमा राखेको पनि देख्न सकिन्छ । ट्रेलरको अन्त्यतिर जब अभिनेत्री रश्मिका मन्दाना सलमानप्रति प्रेमभाव दर्शाउँदै ‘शायद फिर इस जनम में मुलाकात हो न हो’ गीत गाउँछिन्, त्यसपछि ट्रेलरमा ‘इन्टेन्सिटी’ बढेको छ ।
यसबाट के अनुमान लगाउन सकिन्छ भने सलमानको पात्र (सञ्जय राजकोट) आफ्नो लेडी लभमाथि भएको कुनै नराम्रो घटनापछि बदला लिन उत्रिएको छ । ‘सिकन्दर’ मा सलमानको जोडी रश्मिकासँग बाँधिएको छ भने मुख्य भिलेनमा ‘बाहुबली’ का ‘कटप्पा’ अर्थात् सत्यराज छन् । प्रतीक बब्बर, काजल अग्रवाल, अन्जिनी धवन र शरमन जोशीको पनि अभिनय फिल्ममा देख्न सकिन्छ ।
‘गजनी’ निर्देशक एआर मुरुदासले निर्देशन गरेको फिल्म साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘सिकन्दर’ ले प्रदर्शन अगावै लगभग ८० प्रतिशत लगानी सुरक्षित गरिसकेको छ । फिल्मले बक्स अफिसमा पनि आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण