तोकिएका बाहेकले उम्मेदवारी फारम नै पाएनन्
विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिई जारी गरेको निर्वाचन सम्बन्धी सूचना जारी गरेको थियो । त्यही समय अनुसार दिउँसो २ः ४५ बजे उम्मेदवारी दर्ताको समय दिइएको थियो । सो समयमा उम्मेदवारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई उम्मेदवारको फारम नै निर्वाचन आयोगले नदिएको हो ।
निर्वाचन आयोगलाई एमालेका जनवर्गीय सङ्गठनहरूको संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको लिस्टका उम्मेदवारलाई मात्रै मनोनयन फारम दिएको हो ।
‘हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरङ्कुशता अरू के हुन्छ होला र ?’ राईले भने । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेदवारी फिर्ता लिने समय ४ः १५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकेको छ । त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ ।
अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको थियो । निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको बताइन्छ । नेताहरूले भनेको आधारमा नेतृत्व चयन गर्नु भनेको टिके प्रथालाई प्रश्रय दिनु भएको भन्दै विभिन्न जिल्ला र प्रदेशबाट आएका केही प्रतिनिधिहरूले भने नेतृत्वप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण